Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • बीआरआई नेपालका लागि अत्यन्त महत्वपूर्ण छ, अब कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

    बीआरआई नेपालका लागि अत्यन्त महत्वपूर्ण छ, अब कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, २३ मंसिर २०८१
  • 150
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन ढाँचामा हस्ताक्षर गरेको बताएका छन् ।

    चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन) सँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले बीआरआई नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।



    ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं। यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो। यस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सबै क्षेत्रहरू समेट्ने परियोजनाहरू हुनेछन्,’ उनले भने ।



    उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार