Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • एक्लै लड्दा उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पायो : प्रचण्ड

    एक्लै लड्दा उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पायो : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १८ मंसिर २०८१
  • 165
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पाएको दाबी गरेका छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले माओवादीलेले अघि सारेका एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको दाबी गरेका हुन् । उनले एक्लै चुनाव लड्दा माओवादीलाई जनताले अनुमोदन गरेको बताए ।



    स्थानीय तहमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको उनको भनाइ छ ।



    ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ’, प्रचण्डले भनेका छन् ।

    उपनिर्वाचनलाई माओवादीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको प्रचण्डले स्मरण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार