Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चुनाव हारेका वामदेव बने माननीय, राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने प्रतिवद्धता

    चुनाव हारेका वामदेव बने माननीय, राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने प्रतिवद्धता

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.2K
    SHARES

    तस्बिर : रासस

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गाैतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेकपा उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।



    यसैबीच गाैतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।



    राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार