Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • यी हुन् नेपाल र चीनबीच भएका समझदारी [सूचीसहित]

    यी हुन् नेपाल र चीनबीच भएका समझदारी [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १८ मंसिर २०८१
  • 237
    SHARES

    बेइजिङ । नेपाल र चीनबीच ९ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारीबीच आज ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।



    नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखाछहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको छ।



    सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

    टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो।

    – टोखा- छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

    – नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

    – नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

    – नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

    – विकास योजनासम्बन्धी समझदारी पत्र

    – नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

    – आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

    – स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

    – नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार