Online Nepal
  • सोमबार, १७ मंसिर २०८१
  • कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

    कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

    अनलाइन नेपाल
  • सोमबार, १७ मंसिर २०८१
  • 273
    SHARES

    काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।

    राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।



    उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा एमालेका सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।



    यसैगरी, ुकेटा र केटीु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, ुबाकसु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए ।

    अर्का स्वतन्त्र उमेदवार ‘कैँची’ चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ९९५ मत ल्याए ।

    कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भएका छन् । वडा नम्बर ४ मा यसअघि स्वतन्त्र उमेदवार जितेका थिए ।

    यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार