Online Nepal
  • सोमबार, १७ मंसिर २०८१
  • स्थानीय तहको निर्वाचन हाम्रा लागि नयाँ अनुभवका रुपमा रह्यो : रास्वपा

    स्थानीय तहको निर्वाचन हाम्रा लागि नयाँ अनुभवका रुपमा रह्यो : रास्वपा

    अनलाइन नेपाल
  • सोमबार, १७ मंसिर २०८१
  • 153
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको छ ।

    स्थानीय तहको मतपरिणामपछि रास्वपा सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको हो ।



    लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको रास्वपाले उल्लेख गरेको छ ।



    रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।

    रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो । काठमाडौं महानगरपालिका वडा नं. १६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामीले एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार