Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु, एक सिकिस्त

    अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु, एक सिकिस्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.3K
    SHARES

    जनकपुर । अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् । रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।



    सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिए ।



    ‘सुुरुमा कालगतिले उनीहरूको मृत्यु भएको गाउँलेहरूले बताएका थिए,’ प्रहरी निरीक्षक नायकले भने, ‘पुनः दुई जनाको मृत्यु भएपछि हामी घट्नास्थलमा जाँदा अत्यधिक मदिरा सेवनले उनीहरूको ज्यान गएको देखिएको छ ।’

    घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ । मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार