काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिएकी छन् ।
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यीबीच शुक्रबार चीनको छेन्दु सहरमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा वाङलाई नेपाल भ्रमणको निम्तो दिइएको हो ।
सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको बतायउको छ ।
उनीहरुबीच नेपाल(चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्ताका क्रममा चीनको ७५ औं स्थापना दिवस र आगामी वर्ष नेपाल(चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री राणाले बधाई दिइन् ।
राणा शनिबार नेपाल फर्कने कार्यक्रम छ । त्यसपछि सोमबार प्रधानमन्त्री ओलीसँगै चार दिने भ्रमणमा फेरि बेइजिङ जाने छिन् ।
Leave a Reply