Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा दायर

    नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १४ मंसिर २०८१
  • 138
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत एक जना अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा अहेव रमेश बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।



    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले परशुराम नगरपालिका वडा नम्बर ८ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएका थिए ।

    साथै उनले २०७७ भदौ ११ गतेदेखि अहेवमा नियुक्त भइ सेवा सुविधा लिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

    उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार