काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको उपनिर्वाचन जनमत संग्रह भएको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले भने,‘यो उपचुनाव साँच्चै देशको लागि अहिलेको अवस्थाको जनमत संग्रह नै हो । यसमा हँसिया हथौडामा मत दिनुस् भन्नका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टीको निर्णय सुनाउन आएको हुँ ।’
उनले कीर्तिपुरको प्रमुखमा माओवादीलाई आफ्नो पार्टीले सहयोग गर्ने र काठमाडौं–१६ मा आफ्नो पार्टीलाई माओवादी केन्द्रले सहयोग गर्ने समझदारी बनेको जानकारी पनि सभामा गराए ।
आफ्नो पार्टीले कीर्तिपुरमा माओवादीको उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौं–१६ मा माओवादीले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने समझदारी भएको वरिष्ठ उपाध्यक्ष पाण्डेले बताए ।
Leave a Reply