काठमाडौं । सिन्धुलीमा बुद्धचित्तको माला लुटपाटमा संलग्न दूधराज तामाङ पक्राउ परेका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेव डाँडामा भएको बुद्धचित्तको माला लुटपाट प्रकरणमा मुख्य आरोपी तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् । उनलाई गएराति ललितपुरको हरिसिद्धिबाट प्रहरीले पक्राउ गरेको हो ।
फिक्कलको महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो ।
यो प्रकरणमा संलग्न सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।
यसै क्रममा सत्यमान लामा र अन्य एकजनासहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी आरोपितहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Leave a Reply