Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • आजको मौसम पूर्वानुमान: मेघगर्जन, चट्याङ्गसहितकाे वर्षा

    आजको मौसम पूर्वानुमान: मेघगर्जन, चट्याङ्गसहितकाे वर्षा

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार जारी मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

    भने, हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै(थोरै स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    भने, प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    यता, प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार