काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता नदेखाए बदल्ने चेतावनी दिएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताए ।
उनले भने, ‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताए । प्रधानमन्त्री ओलीले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरूवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ छ ।
Leave a Reply