Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • बेटिङ कम्पनी ‘वानएक्स बेट’ मा ५५ करोडको कारोबार, ललितपुरबाट सुनिल पक्राउ

    बेटिङ कम्पनी ‘वानएक्स बेट’ मा ५५ करोडको कारोबार, ललितपुरबाट सुनिल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 372
    SHARES

    काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटमा सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राई रहेका छन् ।



    राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    उनले ५५ करोड २० लाख ८४ हजार आर्थिक कारोबार गरेको भेटिएको छ ।

    राई वानएक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार