Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउछौं : प्रचण्ड

    भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउछौं : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 81
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले भ्रष्टाचारविरोधी महाभियानको संकल्प गरेको बताएका छन्।

    उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।



    उनले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आम निर्वाचनको सन्देश दिने बताए।  अध्यक्ष प्रचण्डले उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरे ।



    अध्यक्ष प्रचण्डले भने, ‘यो उपनिर्वाचनको बिशेष अर्थ र महत्व छ। मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं।’

    भ्रष्टाचार विरोधी अभियानलाई सफल बनाउन जनताको अभिमत चाहिने बताए। उनले जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार