काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्त भएका अध्यक्ष श्रेष्ठलाई मंगलबार मन्त्रालयमा शपथग्रहण गराएका हुन्।
श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुला प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको बताए । शपथग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले पुँजीबजार विस्तारका लागि कार्ययोजनाअनुसार अघि बढ्ने बताए ।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
Leave a Reply