काठमाडौं । साउदी अरबको जेद्दामा आईपीएलको अक्सन जारी छ । जहाँ भारतका आक्रामक विकेटकिपररब्याटर ऋषभ पन्त आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
सोमबार ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा किनेको थियो । यस्तै अक्सनको दोस्रो दिन आज १३ वर्षीय वैभव सूर्यवंशी एक करोड १० लाखमा बिकेका छन् ।
राजस्थान रोयल्सले वैभवलाई १ करोड १० लाख बोली लगाएको हो । ३० लाखबाट सुरू भएको बोलकबोल १ करोड १० लाखमा टुंगिएको थियो।
वैभवलाई राजस्थान र दिल्ली क्यापिटलले मोल लगाएको थियो । उनले यु-१९ टेस्टमा छिटो सतक बनाउने कीर्तिमान कायम गरेका थिए।
Leave a Reply