Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • परराष्ट्रमन्त्री राणा भन्छिन् – प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कुनै विवाद छैन

    परराष्ट्रमन्त्री राणा भन्छिन् – प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कुनै विवाद छैन

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 78
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस र एमालेमा कुनै विवाद नरहेको बताएकी छन् ।

    चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीबारे सरकारमा सहभागी दुई मुख्य दल एमाले र कांग्रेसबीच सल्लाह भइरहेको परराष्ट्रमन्त्री देउवाले बताईन् ।



    परराष्ट्रमन्त्री देउवाले बाहिर हल्ला भएजस्तो विवाद नभएको जिकिर गरिन् ।

    उनले प्रधानमन्त्रीको यो चीन भ्रमण सफल बनाउन नेकपा एमाले र नेपाली कांग्रेस दुवै लागिपरेको बताइन् ।

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार