Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • हनि ट्रयापिङ प्रकरण : एसपी थापाको सिआइबीमा बयान – सिसिटिभीको सामुन्ने गलत कार्य गर्दिन

    हनि ट्रयापिङ प्रकरण : एसपी थापाको सिआइबीमा बयान – सिसिटिभीको सामुन्ने गलत कार्य गर्दिन

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 234
    SHARES

    काठमाडौं । हनि ट्रयापिङ गिरोहसँग मिलेका नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै थप अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    तर, उनलाई पनि मुद्दा चल्नुपर्ने प्रशस्त आधार अभियोगपत्रमा देखिएका छन् ।



    गिरोहका नाइके ताज इस्लाम र भैंसेपाटी प्रभागकी तत्कालिन इन्सपेक्टर विनुकुमारी शाहीलाई उनले नै भेट गराइदिएका थिए । जुन कुरा इस्लामले बयानमै बताएका छन् ।



    व्यापारीलाई पक्राउ गरी लेनदेन गरेर मिलापत्र गरेको दिनमा पनि उनीहरुबीच भेट भएको थियो । एयरपोर्टको चिकेट स्टेशन रेष्टुरेन्टमा उनीहरुबीच भेट भएको सिसिक्यामेरामै देखिएको छ ।

    तर, एसपी थापाले भने सो घटनाको विषयमा कुनै जानकारी नभएको भनेर सिआइबीमा झुटो बयान दिएका छन् ।

    सो भेटको बारेमा उनले भनेका छन्, ‘मलाई प्रविधिको अलि अलि जानकारी छ । कुनै गलत कार्य गर्नुपरेको भए सिसिटिभीको सामुन्ने कसैसँग भेटघाट गर्ने थिइन् ।’

    तर यो बीचमा उनी र इन्सपेक्टर शाहीबीच १० दिनमा ३० पटक फोनसम्पर्क भएको देखिन्छ भने ताज इस्लामसँग पनि बारम्बार सम्पर्क भएको थियो । इस्लामको मुख्य मोबाइल इन्सपेक्टर शाहीले कार्यालयबाटै गायब बनाएकाले अकाट्य प्रमाणहरु लुकाइएको छ ।

    दरबारमार्गको हनि ट्रयापिङ घटनाको बारेमा समेत सिआइबीले एसपी थापासँग सोधपुछ गरेको थियो । जसमा उनले जानकारी नभएको दाबी गरेका छन् । त्यसविषयमा गणेश उप्रेतीलाई नै सोध्न भनेका छन् ।

    मिटरब्याजी उप्रेतीको योजना र एसपी थापाको सहयोगमा निर्माण व्यवसायी विदुर शर्मालाई ताज इस्लामकै समूहले युवती प्रयोग गरी फसाएको थियो ।

    यी घटनामा सिआइबीले एसपी थापामाथि थप अनुसन्धान गरिरहेको छ । आइतबार भैंसेपाटी प्रभागकी इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

            सो प्रकरणमा एसपी थापाको बयान यस्तो छः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार