Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीलाई बाबुरामले भने – बैठकमा म आउन सक्दिँन, बीआरआईबाट फाइदा उठाउनै पर्छ

    प्रधानमन्त्रीलाई बाबुरामले भने – बैठकमा म आउन सक्दिँन, बीआरआईबाट फाइदा उठाउनै पर्छ

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 255
    SHARES

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने भएका छन् ।

    चीन भ्रमणका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका छन् ।



    तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए । यद्यपि उनले एक्समार्फत नै ओलीलाई केही सुझाव दिएका छन् ।



    जसमा भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न सुझाव दिएका छन् ।

    यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने धारणा पनि राखेका छन् ।

    यस्तै हाम्रो कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै भट्टराईले चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार