Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान सञ्चालन गरे २५ हजार जरिवाना

    उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान सञ्चालन गरे २५ हजार जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 96
    SHARES

    काठमाडौं । उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने भएको छ ।

    आइतबार आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार रुपियाँ जरिवाना तोकिएको जानकारी दिएका हुन् ।



    निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    यस विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको उनको भनाइ छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार