Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारलाई आयोगले भन्यो – उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउनू

    सरकारलाई आयोगले भन्यो – उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउनू

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 96
    SHARES

    काठमाडौं । यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

    आयोगले सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।



    आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।



    यस्तै, मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम गरिएका सामुदायिक र निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अरू सार्वजनिकस्थलहरू उपनिर्वाचन प्रयोजनका निम्ति उपयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार