Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • फरार इन्सपेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर

    फरार इन्सपेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 246
    SHARES

    काठमाडौं । हनि ट्रयापिङ प्रकरणमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको छ ।

    चार जना पक्राउ परेकोमा अन्य दुई जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको छ ।



    केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले फरार इन्सपेक्टर शाहीसहित गिरोहका नाइके ताज इस्लाम, सुष्मा विक, भिमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरुद्ध मुद्दा दायर भएको हो ।



    उनीहरुमध्ये शाही र पोखरेल फरार छन् । संगठित अपराध र आपराधिक लाभ मुद्दा दायर गरेको हो ।

    हनि ट्रयापिङमा संलग्न गिरोहले गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा इटहरीका व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्काएर ३० लाख लिएको थियो ।

    जसमा प्रहरीको समेत मिलेमतो थियो । त्यसबेला प्रभागको प्रमुखमा इन्सपेक्टर शाही थिइन् ।

    उनी समेत गिरोहमा मिलेको छानविन समितिले औंल्याएको थियो । हाल निलम्बनमा रहेकी शाहीलाई पक्राउ नगरी मुद्दा दायर गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार