Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • २६६७ अंकमा झर्‍यो सेयर बजार

    २६६७ अंकमा झर्‍यो सेयर बजार

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 30
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार अघिल्लो दिनको तुलनामा १३.०३ अंकले घटेको छ ।

    कारोबार रकम पनि घटेको सेयर बजार आज २६६७ अंकमा पुगेको छ ।



    अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो ।



    ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।

    बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।

    थ्रीस्टार हाइड्रोपावरको भने ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार