Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रतिनिधिसभाका सचिव अधिकारीले किन दिए राजीनामा ?

    प्रतिनिधिसभाका सचिव अधिकारीले किन दिए राजीनामा ?

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 159
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

    संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए ।



    सचिव अधिकारीले स्वास्थ्यको कारण देखाउँदै मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुएको प्रवक्ता गिरीले जानकारी दिए ।



    सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

    पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले गत असार १७ गते प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार