Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विरोधीहरुलाई प्रधानमन्त्री ओलीको जवाफ – कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो !

    विरोधीहरुलाई प्रधानमन्त्री ओलीको जवाफ – कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ मंसिर २०८१
  • 207
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि औंला ठड्याउनेहरूलाई तथ्य र प्रमाणको आधारमा बहस गर्न चुनौती दिएका छन् ।

    दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।



    भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने प्रधानमन्त्री ओलीको भनाई छ ।



    प्रधानमन्त्री ओलीले भने, ‘कम्बोडियामा ३२ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्न त अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो !’

    उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरे । यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार