Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिम रोयल्सको ‘आइकनिक प्लेयर’ बने बसन्त खत्री

    सुदूरपश्चिम रोयल्सको ‘आइकनिक प्लेयर’ बने बसन्त खत्री

    अनलाइन नेपाल
  • बिहिबार, ६ मंसिर २०८१
  • 387
    SHARES

    धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।

    सुदूरपश्चिमका लागि धनगढीमा भएको ट्यालेन्ट हन्टमा बसन्त खत्री आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका खत्री ट्यालेन्ट हन्टबाट छनौट भएर एनपिएल खेल्न पाउने छन् ।



    यस्तै सुदूरपश्चिम रोयल्सका अनुसार टिमले सुदूरपश्चिम हिरोज टिमका लागि उत्कृष्ट सात खेलाडी छनौट गरिएको छ ।



    जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका खत्रीले एनपिएल खेल्ने अवसर पाएका हुन् । खत्रीसँगै आयुब चन्द, अभिशेक पाल, बसन्त सिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, शुशिल रावत, र टेक रावत सुदूरपश्चिम हिरोजका रुपमा छनौट भएका छन् ।

    आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुने एनपिएलमा सुदूरपश्चिम लागि नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी छन् ।

    मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् ।

    यस्तै सुदूरपश्चिम रोयल्सको तर्फबाट दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) ले खेल्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार