Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • उपचुनावको परिणामले पार्टीको अवस्था पत्ता लाग्छ : प्रचण्ड

    उपचुनावको परिणामले पार्टीको अवस्था पत्ता लाग्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ६ मंसिर २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचुनावको परिणामले पार्टीको अवस्था पत्ता लाग्ने बताएका छन् ।

    पार्टी कार्यालय पाटेचौरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत उपचुनावको परिणामले गर्ने बताए। उपचुनावको लक्षण राम्रो देखिएको र परिणाम राम्रै आउने आशा गरेको अध्यक्ष प्रचण्डले बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘उपचुनावको परिणामले हामी उकालो लाग्दै छौं कि छैन भन्ने संकेत गर्छ । यद्यपि यो चाहिँ सबै होइन है फेरि, हारियो भने बर्बाद भयो भन्ने कुरा त छैन, तर लक्षण राम्रो छ ।’

    विपक्षी दलको नेता भएकाले विपक्षीहरुलाई पनि संरक्षण गर्ने जिम्मेवारी रहेको उनले बताए । कीर्तिपुरको मेयरमा समाजवादी मोर्चामा भएका विप्लव, उपेन्द्र यादव र एकीकृत समाजवादीको पनि समर्थन प्राप्त भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार