एजेन्सी । रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले युक्रेनमाथि पहिलोपटक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
रुसले बिहीबार बिहान अस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ । युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।
आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने आईसीबीएम प्रहारबारे केही उल्लेख गरेको छैन ।
आईसीबीएमका साथै रुसले अन्य क्षेप्यास्त्रसमेत प्रहार गरेको जनाइएको छ । युक्रेनी सेनाले रुसले प्रहार गरेका ६ वटा ‘के-१०१’ क्रुज क्षेप्यास्त्र खसालेको जनाएको छ ।
युक्रेनले रुसमाथि बेलायतमा निर्मित लामो दूरीको ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गरेको जवाफमा मस्कोले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
केही दिनअघि अमेरिकाले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) लगायतका लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका थिए ।
एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ ।
Leave a Reply