Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • मन्त्री पाण्डेसँग बजगाईंले मागे माफी, भने – मन्त्रीजीलाई चोट परेको पाएँ, क्षमाप्रार्थी छु

    मन्त्री पाण्डेसँग बजगाईंले मागे माफी, भने – मन्त्रीजीलाई चोट परेको पाएँ, क्षमाप्रार्थी छु

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 192
    SHARES

    काठमाडौं । सांसद राजेन्द्र बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

    सामाजिक सञ्जाल एक्समार्फत आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।



    उनले लेखेका छन्,“सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”



    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।

    केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो ।

    सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार