Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • उम्मेदवारले आज बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

    उम्मेदवारले आज बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 39
    SHARES

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

    निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने कार्यतालिका छ ।



    आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।



    मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

    स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

    गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार