Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेसको अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंलाई सोध्यो स्पष्टीकरण

    कांग्रेसको अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंलाई सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 162
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।

    केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई स्पष्टीकरण सोधेको हो ।



    समितिले बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको बताइएको छ ।



    पार्टी सहमहामन्त्रीसमेत रहेका संस्कृतिमन्त्री पाण्डेमाथि उनले लगाएको आरोपको आधारबारे सोधिएको थियो । सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार