Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • दुर्गा प्रसाईलाई ‘सिल्ली फ्याउरो’को संज्ञा दिँदै अनुसन्धान गर्न एमाले नेता थापाको माग

    दुर्गा प्रसाईलाई ‘सिल्ली फ्याउरो’को संज्ञा दिँदै अनुसन्धान गर्न एमाले नेता थापाको माग

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 369
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ‘सिल्ली फ्याउरो’को संज्ञा दिएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सांसद थापाले प्रसाईलाई विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित भएको भन्दै अनुसन्धान गर्न माग गरेका हुन् ।



    नेता थापाले प्रसाईलाई अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली कागजातको कारखाना पनि सञ्चालन सुरु गरेको आरोप लगाए ।



    ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि संचालन गर्न शुरू गरेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस् ।’

    साथै उनले प्रसाईको मानसिक स्वास्थ्य पनि परीक्षण गर्ने प्रबन्ध मिलाउन पनि माग गरे । केही दिन अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्बको कालो धन रहेको दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार