Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

    कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

    महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन्।



    मंगलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताए । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताए ।



    विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

    कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार