काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र उनका व्यापारिक साझेदार एवं पूर्वडीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।
लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् ।
Leave a Reply