Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • दिल्लीका परिवहनमन्त्री गहलोतले दिए पदबाट राजीनामा

    दिल्लीका परिवहनमन्त्री गहलोतले दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 57
    SHARES

    एजेन्सी। भारतको दिल्लीका परिवहनमन्त्री कैलाश गहलोतले पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन् ।

    आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै परिवहनमन्त्री गहलोतले पदबाट राजीनामा दिएका हुन्।



    उनले मन्त्री र आम आदमी पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको जनाइएको छ ।



    गहलोतले लेखेका छन्, ‘दिल्लीका मन्त्री र विधायकको रुपमा जनताको सेवा दिएकोमा तपाईंलाई धन्यवाद । तर म तपाईंसँग यो कुरा जानकारी गराउँछु कि म आम आदमी पार्टीले आज ठूलो चुनौतिको सामना गर्नु परिरहेको छ । जनताप्रति हाम्रो प्रतिबद्धताको साटो राजनीति हाबी भएको छ । यमुना नदी सफा गर्ने लगायतका कयौं बाचा अधुरा छन् । हाल यमुना नदी पहिलेको तुलनामा प्रदूषित भएको छ ।’

    उनले आफ्नो राजनीतिक करियर दिल्लीका जनताको सेवा गर्ने प्रतिबद्धताका साथ सुरु गरेको भन्दै त्यसलाई जारी राख्ने बताए ।

    तर, धेरै समय केन्द्र सरकारमा बिताउँदा आम आदमीले दिल्लीको सही विकास गर्न नसक्ने भन्दै उनले मन्त्री र आम आदमी पार्टीको सदस्यता त्याग्नु उचित हुने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार