Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

    स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 174
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

    पार्टी महासचिव कञ्चनले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।



    ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ । यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने” एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।



    यही मंसिर १६ गते रिक्त स्थानीय तहमा उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार