काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढलेर माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । ‘
अध्यक्ष प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने अध्यक्ष प्रचण्डको भनाई छ ।
यो सरकारलाई उल्ट्याएर बन्ने सरकार माओवादीकै भएको र त्यसैले चिन्तित हुने कुरा नभएको उनले बताए ।
Leave a Reply