Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • अछाममा राँगा काट्ने क्रममा शिवको बाँया हात छिनालियो, पुनः जोड्न असम्भव !

    अछाममा राँगा काट्ने क्रममा शिवको बाँया हात छिनालियो, पुनः जोड्न असम्भव !

    अनलाइन नेपाल
  • शनिबार, १ मंसिर २०८१
  • 1.4K
    SHARES

    अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिका-२ चाफामाण्डौंस्थित पूर्णिमा मेलामा राँगा काट्ने क्रममा एक युवकको हात छिनालिएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार करिब ५ बजे मंगलसेन नगरपालिका-१२ का २५ वर्षीय रमेश जनालाले राँगा काट्ने क्रममा खुडा प्रहार गर्दा रामारोशन गाउँपालिका-२ का २६ वर्षीय शिव लुहारको बाँया हातमा छिनालिएको हो ।



    घाइते लुहारलाई साँझ ६ः५० बजे उपचारका लागि बयालपाटा अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकहरूका अनुसार घाइतेको बाँया हातको नशा पूर्ण रूपमा काटिएको छ, जसका कारण हातलाई पुनः जोड्न सम्भव नभएको जनाइएको छ ।



    अत्यधिक रक्तश्रावका कारण उनको ज्यान जोखिममा रहेको अछाम प्रहरीले जनाएको छ । तत्काल थप उपचारको लागि अन्यत्र लैजान सक्ने अवस्था पनि नरहेको अस्पतालले जनाएको छ । हाल घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

    खुडा चलाउने जनालालाई प्रहरी चौकी शान्तडाले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार