Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको दाबी – सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा छ

    प्रधानमन्त्री ओलीको दाबी – सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

    सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    उनले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट पारे ।



    उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्नेगरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार