Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 66
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।



    दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।



    बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।

    दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार