काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की पठाइँदै छ ।
लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएर सकेपछि आज उनलाई जहाजबाट कास्की पठाइँने भएको हो ।
मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग सोहिदिन, बुधबार र बिहीबार गरी करिब २३ घण्टा बयान लिएको हो।
गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको रकम संगठित रुपमा अपचलन गरेको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हु्न् । लामिछाने सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका थिए।
गत आइतबार कास्की जिल्ला अदालते चौथो पटक उनलाई थप १३ दिनको म्याद थप गरेको थियो ।
Leave a Reply