काठमाडौं । नेपालले आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।
९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।
नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् ।
नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
Leave a Reply