काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपमा दोषी देखिए सबै पदहरु त्याग्ने बताएका छन् ।
पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएको आरोप लगाएपछि पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरे।
पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए ।
पर्यटनमन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए।
पर्यटनमन्त्री पाण्डेले भने, ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु ।सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् ।’
स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएको र त्यसरी नै बाहिरिन चाहेको पर्यटनमन्त्री पाण्डेको भनाई छ । आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानुनी लडाइँ लड्ने पनि उनले बताए ।
Leave a Reply