लमजुङ । प्रहरीले अवैध रुपमा राखेको एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका-९ छापाका ५० वर्षीय मंगले परियार छन्। उनले घर नजिक जंगलको भीरमा लुकाईछिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
विशेष सूचना र सुराकीको आधारमा उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले आइतबार राति नियन्त्रणमा लिएका परियारले सोमबारसम्म बन्दुक आफ्नो नभएको जिकिर गरेपछि छाडिएको थियो ।
पुनः नियन्त्रणमा लिएर केरकार गरेपछि उनले स्वीकारेको र त्यसपछि मुद्दा अघि बढाएको प्रहरीले जनाएको छ ।
परियारविरुद्ध मंगलबार जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Leave a Reply