काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही लगिएका पूर्व गृहमन्त्रीसमेत रहेका रविको आज पनि बयान लिइन लागेको हो ।
मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आज कार्यालय समय सुरु भएसँगै बयान लिने काम सुरु हुने बताइएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ ।
Leave a Reply