Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रवि लामिछाने भन्छन् – खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन, आत्मबल अझै कायम छ

    रवि लामिछाने भन्छन् – खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन, आत्मबल अझै कायम छ

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 225
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने टिप्पणी गरेका छन् ।

    रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीतर्फ फर्केर यस्तो टिप्पणी गरेका हुन् ।



    उनले प्रहरी हिरासतमै रहेपनि जोशजाँगरमा भने कमी नआएको बताए । लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो ।



    मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मंगलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको छ । लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन्।

    लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ। बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार