Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माननीय मनाङेको जेलयात्रा : डिआईजीको स्यालुटदेखि हातमा हत्कडीसम्म

    माननीय मनाङेको जेलयात्रा : डिआईजीको स्यालुटदेखि हातमा हत्कडीसम्म

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 2K
    SHARES

    काठमाडौं । लामो समयसम्म काठमाडौंलाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा राज चलाएका राजीव गुरुङ उर्फ दिपक मनाङे एकाएक राजनीतिम लागे । राजनीतिमा लागेको तीन वर्ष भित्रै छ पटक मन्त्री बन्न सफल मनाङे आज हातमा हत्कडी भिरेर डिल्लीबजार कारागार प्रवेश गरे ।

    वि.सं २०७९ मा मनाङ ‘ख’ बाट निर्विरोध निवाचित भएका मनाङे त्यसपछि मात्रै तीन पटक मन्त्री बने ।



    गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेका बेला उनको एक मतले पद जोगाएकै भरमा उनी पटक–पटक मन्त्री बन्न सफल भए । केहि वर्ष अघिसम्म प्रहरी देख्नेवित्तिकै भागाभाग गर्ने उनै मनाङे मन्त्री बनेपछि प्रहरीका हाकीमहरुको स्यालुट थाप्न ब्यस्त भए ।



    उनलाई डिआईजीदेखि प्रहरीका हाकीमहरुले स्यालुट गरेको घटनाले प्रहरी नै मजाकको पात्र बनेको भन्दै समाचारहरु भाइरल बने । गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउनका लागि गुण्डा नाइकेको उपमा पाएका मनाङेलाई २०७८ बैशाखमा मन्त्री बनाए । जुन कुराले सामाजिक सञ्जालमभरी केपी शर्मा ओली नेतृत्वको सरकारको बिरोध समेत भएको थियो ।

    प्रहरीले पटक–पटक पक्राउ गरी थुनामा राखेका मनाङे मन्त्री नियुक्त भएपछि गण्डकी प्रदेश प्रहरीका तत्कालिन डीआइजी घनश्याम अर्यालले स्यालुट गरेको फोटोले निकै चर्चा पायो । डीआइजीले ‘गुण्डा नाइके’ मन्त्रीलाई स्यालुट गरेको फोटोले प्रहरीकै शीर निहुरेको भन्दै आलोचना समेत भयो ।

    त्यसपछि २०८१ सालमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री बनेका मनाङे प्रदेश प्रहरी तालिम केन्द्र, ढुंगेसांघुको निरीक्षण गर्न पुगे । त्यहाँ पनि उनलाई तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनिले स्यालुट हान्दै स्वागत गरेका थिए ।

    मन्त्री भएपछि स्यालुट हार्नु प्रहरीको अनुशासन र कर्तव्य हो । तर, पटक–पटक पक्राउ पर्दै जेल जीवन विताएका र ज्यानमार्ने उद्योगको मुद्दा विचाराधिन रहेका मनाङेलाई प्रहरीका उच्च हाकीमहरुले देखाएको सदासयताले ठूलै हंगामा मच्चाएको थियो ।

    अन्ततः आज उनलाई प्रहरीले नै हतकडी लगाएर कारागारसम्म पुर्याएको छ । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । त्यसपछि मोवाइल स्वीच अफ गरेर फरर भएका मनाङे आज पक्राउ परेका हुन् ।

    न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    यस्तो छ मनाङेलाई कारागार पुर्याउने कहानी
    २०५५–०५६ सालताका काठमाडौंका मुख्य व्यापारिक स्थलमा सञ्चालन हुने रात्रिकालीन व्यवसायमा कसले अधिपत्य जमाउने भन्ने नाममा शुरु भएको द्वन्द्वका क्रममा मनाङे र चक्रे मिलन समूहको उदय भएको हो । यसक्रममा कहिले मनाङे पक्षले चक्रेपक्षलाई त कहिले चक्रे पक्षले मनाङे पक्षलाई आक्रमण गर्ने शृङ्खला चल्यो ।

    एक पक्षले अर्कौ पक्षमाथि आक्रमणको प्रयास गरिरह्यो । २०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि धारिलो हतियार (तरबार) प्रहार भएको घटनामा उनीमाथि पाँच वर्षको कैद तोकिएको छ ।

    उक्त घटनामा मनाङे मुख्य योजनाकार हुन् भन्दै चक्रेपत्नी इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा मुद्दा चल्दै आएको छ । जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

    फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

    सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङे जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए ।

    त्यसअघि पनि उनी पक्राउ परिसकेका थिए ।  वडा प्रहरी कार्यालय लैनचौर, सोह्रखुट्टेका इन्स्पेक्टर अशोक सिंहले उनलाई ठमेलबाटै गिरफ्तार गरेका थिए । चारखालस्थित अनाश्रित गुल्ममा २४ महिना कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालत पाटनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो ।

    तर, त्यसपछि पनि उनी पटक पटक पक्राउ परे र ३२ महिनाको सजाय भुक्तान गरे । २०६१ सालमा पहिलो पटक पक्राउ परी मनाङे २०६३ सालमा रिहा भए ।

    मनाङेको व्यवसायिक यात्रा
    २०४७ सालमा ठमेल, चाक्सीबारीमार्गको घरमा उनले ‘याक हर्न पव’ नामक रेष्टुरेण्ट खोलेर व्यावसायिक जीवन शुरु गरे । अहिले उनका केही गिटी, बालुवाका व्यवसाय त बाँकी छन् । अरू सबै व्यवसायबाट अलग भई राजनीतिमा होमिए । २०५०–०५२ देखि ०६०–०६१ सालसम्म उनले काठमाडौंको रात्रिकालीन व्यवसायमा करिब करिब एकछत्र उपस्थिति जनाए ।

    २०६१ को घटनापछि चक्रे पक्षीय व्यवसायीले नयाँ बसपार्क, सामाखुसी र महाराजगञ्जतिरै आफ्नो व्यवसाय चलाए, ठमेल–दरबारमार्ग ताकेनन् । तर, उनको गुण्डागर्दी भने रोकिएको थिएन । २०६१ को घटनाकै बाछिटास्वरुप २०६६ सालसम्म दुई समूहबीच झडप जारी रह्यो । दरबारमार्गमा चक्रे समूहनिकट कुमार घैँटे र मनाङे पक्षका दावा लामाको अकस्मात् जम्काभेट हुँदा झडप भएको थियो ।

    आफैले बनाएका छन् जेलभित्र कोठा
    २०६१ सालमा पहिलो पटक पक्राउ परेपछि कारागार चलान भएका मनाङेले जेलभित्र आफ्नै लगानीमा अलग्गै टहरा बनाएका छन् । त्यसपछि पक्राउ पर्दा पनि उनी त्यहि टहरामा बस्दै आएका थिए । अब भने उनलाई कहाँ राखिन्छ ? त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार