Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • यू-१९ महिला टी-२० विश्वकप छनोट

    पूजाको शतकमा नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य

    पूजाको शतकमा नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 276
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।

    दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पुजा महतोको सतकमा २ विकेट गुमाएर २१३ रन बनाएको हो।



    नेपालकी कप्तान पुजा महतो १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले। पूजाले ६९ बलमा १३० रन बनाउँददा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् ।



    उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे। सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए।

    कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक / एक विकेट लिए । प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।

    नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार