Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पक्राउ परेका दीपक मनाङेलाई सिधै सीआईबीमा लगियो

    पक्राउ परेका दीपक मनाङेलाई सिधै सीआईबीमा लगियो

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 207
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’लाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

    काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको टोलीले सीआईबीमा लगेको हो ।



    उनलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा बुझाउने तयारी रहेको प्रहरी स्रोतले बतायो ।



    कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

    फैसलापछि उनी सम्पर्क विहीन भएका थिए । मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो।

    सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार